FAQs Complain Problems

Flash News

विद्यालय अनुमतिको लागि

सेवा प्रकार:

लाग्ने समय: 
निवेदन पेस गर्ने:- शैक्षिक सत्र शुरु हुनु भन्दा ३ महिना अगाडि अनुमति :- शैक्षिक सत्र शुरु हुनु भन्दा १ महिना अगाडि
जिम्मेवार अधिकारी: 
शिक्षा शाखा
सेवा दिने कार्यालय: 
खैरहनी नगरपालिका
सेवा शुल्क: 
निवेदन दस्तुर:- सामुदायिक:- ५००। संस्थागत:- १०००। अनुमति/स्वीकृति दस्तुर:- शिक्षा समितिको निर्णायानुसार
आवश्यक कागजातहरु: 
  1. तोकिए बमोजिम निवेदन
  2. अभिभावक भेलाको निर्णय प्रतिलिपी
  3. संस्थागतको हकमा सञ्चालकहरुको निर्णय प्रतिलिपी
  4. सबै भन्दा नजिकमा रहेका दुइवटा सामुदायिक विद्यालयहरुको व्यवस्थापन समितिको निर्णय सहितको सहमति ।
  5. गुठीको हकमा विधान र गुठी दर्ता प्रमाणपत्रको प्रतिलिपीहरु
  6. गुठियारको नागरिकता प्रमाणपत्रको प्रतिलिपीहरु
  7. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी
  8. भाडामा भए कम्तिमा ५ वर्षको लागि भाडा सम्झौताको प्रतिलिपी
  9. शिक्षक नियुक्ति पत्र, शैक्षिक योग्यताको प्रमाणपत्रहरु र स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपी
  10. कक्षागतरुपमा स्वीकृत भएको शुल्कको विवरण
  11. पाठ्यपुस्तक तथा पाठ्य सामग्रीको सूची
  12. शैक्षिक सामग्रीहरुको सूची
  13. सामुदायिकको हकमा स्रोतको सुनिश्चतता हुने कागजातहरु
  14. सम्बन्धित वडा कार्यालयको सिफारीस
  15. निरीक्षकको राय सहितको प्रतिवेदन