FAQs Complain Problems

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुनको लागि आवश्यक प्रक्रियाहरु..

लाग्ने समय: 
२०७६ बैशाख महिना मसान्त भित्र
जिम्मेवार अधिकारी: 
स्वरोजगार विभाग
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय मार्फत खैरहनी नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१. बेरोजगार व्यक्तिले आफू स्थायी बसोवास गरेको गाउँपालिका वा नगरपालिकाको वडा कार्यालयमा व्यक्तिगत विवरण सहितको फाराम भरी नाम दर्ता गर्नुपर्ने ।

२. वडा कार्यालयले प्राप्त फारामहरु संकलन गरी रोजगार सेवा केन्द्रमा बुझाउनु पर्ने ।

३. रोजगार सेवा केन्द्रले प्राप्त फारामहरुका आधारमा बेरोजगार व्यक्तिहरुको सूची गाउँ कार्यपलिका वा नगर कार्यपालिकामा निर्णयका लागि पेश गर्नु पर्ने ।

४. निर्णय भएका बेरोजगार व्यक्तिहरुको विवरण रोजगार सेवा केन्द्रले रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरी सूचीकरण गर्नु पर्ने ।

५. रोजगार आयोजनाहरुले आवश्यक श्रमिक रोजगार सेवा केन्द्रमा माग गरी पठाउनु पर्ने ।

६. रोजगार सेवा केन्द्रले माग भए बमोजिमका श्रमिकहरुलाई लाभग्राही परिचयपत्र सहित काम गर्न खटाउने ।

७. श्रमिकले रोजगार सेवा केन्द्रले खटाएको स्थानमा गई काम गर्नु पर्ने ।

८. सम्बन्धित आयोजनाले काम गरेको दिनको पारिश्रमिक श्रमिकको बैंक खातामा भुक्तानी दिने ।

नमुना फाराम तथा अन्य: