FAQs Complain Problems

खैरहनी नगर कार्यपालिकाको कार्यालय...

Read More

स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण..

Read More

प्रमुख प्रशासकीय अधिकृत सरहरुको बिदाई तथा स्वागत कार्यक्रम..

Read More

खैरहनी नगरपालिकाको ११ औं नगरसभा अधिवेशन २०७९ असार १०..

Read More

कर्मचारी दिवस कार्यक्रम २०८०

Read More

पार्किंग व्यवस्थापन गर्न रोड मार्किंग..

Read More

आ.व. ०७८/७९ को वार्षिक समिक्षा सम्बन्धमा !!

Read More

प्रमुख प्रशासकीय अधिकृत सरहरुको बिदाई तथा स्वागत कार्यक्रम..

Read More

खैरहनी नगरपालिकाको संक्षिप्त परिचय

खैरहनी नगरपालिका चितवन जिल्लाको सदरमुकाम भरतपुरबाट करिब १८ कि.मी. पूर्वमा अवस्थित छ । नेपाल सरकारको मिति २०७१/०१/२५ को निर्णयानुसार गठन भएको यस नगरपालिका चितवन जिल्लाको चैनपुर, खैरहनीर र कुमरोज गरी तीन वटा गाउँ विकास समिति समावेश भई यस नगरपालिका गठन भएको हो । नेपाल सरकारको मिति २०७२/०६/०१को निर्णय अनुसार कठार गाउँ विकास समिति समेत यस नगरपालिकामा समावेश भए पछि साविकका चार गाँउ विकास समितिहरुको संयुक्त रुप नै खैरहनी नगरपालिका हो ।शुरुमा सानो ग्रामीण बजारको अवधारणाबाट अगाडी आएको यो पूर्व पश्चिम राजमार्गको निर्माण पश्चात दु्रतगतिमा शहरीकरण भै रहेको छ । यस नगरको प्रमुख बजारको रुपमा पर्सा बजारलाई लिन सकिन्छ । यो बजार खास गरी चैनपुर, भण्डारा, कठार, कुमरोज, विरेन्द्रनगर, पिठुवा तथा अन्य नजिकका बस्तीहरुको प्रमुख व्यापारिक केन्द्र पनि हो । खैरहनी नगरपालिका नामाकरण कसरी भयो भन्ने सम्बन्धमा विविध खाले किम्बदन्तीहरु पाइन्छ । प्राचिन कालमा सो क्षेत्रमा प्रसस्त खयर घारीले भरिएकाले तत्काल खयरघारीको नामले परिचित रहेको खयरघारी शब्द अपभ्रंस भई खैरहनी भएको भन्ने भनाई रहेको छ । सोही नामबाट खैरहनी गाँउ विकास समितिको नामाकरण भई सो खैरहनी गाउँ विकास समिति समेत गरी नगरपालिका गठन भएकोले यस नगरपालिकाको नाम खैरहनी नगरपालिका नामाकरण भएको हो ।

समुद्री सतह देखि करिब १९० मी. उचाईमा रहेको यस नगरपालिकालाई पूर्व पश्चिम राजमार्गले उत्तर र दक्षिण भागमा बरावरी बाँडिएको छ । यस नगरपालिकाले उत्तरमा शक्तिखोर र सिद्धि, पूर्वमा विरेन्द्रनगर, भण्डारा पश्चिममा रत्ननगर नगरपालिका छ भने दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज अवस्थित छ । दक्षिण तर्फ प्राकृतिक सिमानाको रुपमा बुढी राप्ती नदीले खैरहनीलाई छुट्याएको छ । नियमित रुपमा राप्ती नदी र यसका शाखा नदीहरुले बगाएर ल्याएका कृषि योग्य मलिलो माटोको कारण यो क्षेत्र कृषिको लागि निकै उपयुक्त छ । राजनैतिक आधारमा यस नगरलाई १३ वटा वडाहरुमा विभाजन गरी स्थानिय जनताहरुलाई प्रशासनिक सेवा सूविधा पुर्याउदै आएको छ । साथै यस नगरपालिकाले ८५.५७ वर्ग कि.मी. क्षेत्रफल ओगटेको छ । निर्वाचन क्षेत्रको हिसावले प्रतिनीधि सभाको लागि चितवन जिल्लामा तिन वटा निर्वाचन क्षेत्र कायम गरीएकोमा खैरहनी नगरपालिका १ नम्बर निर्वाचन क्षेत्रमा पर्दछ । त्यस्तै गरी प्रदेश सभाको लागि क्षेत्र नं. १ मा कायम भएका २ निर्वाचन क्षेत्र मध्ये यो नगरपालिका दुवै निर्वाचन क्षेत्रमा परेको छ । जस अुनसार प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(क) अन्तर्गत वडा नं. ३,६,७,८,९,१० र ११ गरी ७ वटा वडा पर्दछन् भने १(ख) अन्गर्तत वडा नं. १,२,४,५,१२ र १३ गरी ६ वटा वडा पर्दछन् । यस नगरपालिकामा रहेको जम्मा घरधुरी संख्या १२९८३ रहेको छ भने कुल जनसंख्या ६६६२९ जना रहेको छ |

सूचना तथा समाचार

जन प्रतिनिधि

9851165401
Email:
sashikumar5401@gmail.com
9855062218
Email:
kabitauprety95@gmail.com

कर्मचारी

विष्णु प्र. सापकोटा
प्रमुख प्रशासकीय अधिकृत
caokhairahani@gmail.com
9855015111
राजु बानिया
स्थानीय शिक्षा अधिकारी
rajubaniya77@gmail.com
9855054042

Services

सेवा प्रकारः- Services
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

वडा कार्यालयबाट सेवा लिन सकिने

सेवा प्रकारः- वैदेशिक कागजपत्र बनाउदा आवश्यक पर्ने supporting documents हरु
सेवा समयः- सबै कागजपत्र पुगेमा सोहि दिन
जिम्मेवार अधिकारीः- प्रशासन
सेवा दिने कार्यालयः- खैरहनी नगरपालिका
सेवा शुल्कः- नगरसभाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१. नाता प्रमाणित   

— सम्बन्धित वडाबाट नाता प्रमाणित गरेको सिफारिस ।
— नागरिकता प्रमाण पत्रको प्रतिलिपी प्रत्येकको ।
— विवाह भएकोमा विवाह दर्ताको प्रमाण पत्र प्रतिलिपी ।
— नाता प्रमाणित गर्ने पत्येकको  ए।ए क्ष्शभ को फोटो १÷१ प्रति ।
— बसाई सरी आएकोले बसाई सराई प्रमाण पत्रको प्रतिलिपी ।
 

२. आम्दानी प्रमाणित

—   कृषि बाट आम्दानी देखाउँदा आफूले कारोवार गर्ने संस्थाको चलानी नं.र संस्थाको छाप भएको उक्त संस्थाको चिठी (खैरहनी नगरपालिका भित्रको मात्र) ।
—   तलबको भएमा सम्बन्धित संस्थाको चलानी नं.सहित छाप भएको प्रमाणपत्र ।
—    पेन्सनको भएमा पेन्सन पट्टा सहित सम्बन्धित बैंकको बैंक स्टेटमेन्ट ।
—    व्यवसायको भएमा व्यवसायको आ.व.को audit report र नगरपालिकामा व्यवसाय दर्ता भएको प्रमाण पत्र नविकरण सहितको प्रतिलिपी ।
—    घर तथा जग्गा भाडामा दिएको मा सम्झौता पेपर ।

—    जग्गा भाडामा लिएको भएमा जग्गा भाडाको सम्झौता कागज, जग्गा धनीको नागरिकता, लालपुर्जाको प्रतिलिपि, तिरो तिरेको रसिदको प्रतिलिपी |

३. सम्पत्ती मूल्याङ्कन

—  लालपुर्जाको प्रमाण पत्रको प्रतिलिपी ।
—    सम्पत्ती कर तिरेको रसिदको प्रतिलिपी ।
—    नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
—    घर भएमा नगरपालिकामा घर नक्सा पास सम्पन्न भएको प्रमाण पत्रको प्रतिलिपी ।
 

४. कर चुक्ता प्रमाणित 

— लालपुर्जाको प्रमाण पत्रको प्रतिलिपी ।
—    सम्पत्ती कर तिरेको रसिदको प्रतिलिपी ।
—    नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
 

५. जन्मदर्ता प्रमाणित 

— जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपी÷जन्म दर्ता नभएकाहरुको वडा कार्यालयको सिफारिस ।
—    नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
 

६. अविवाहित प्रमाणित

— तोकिए बमोजिम सम्बन्धित व्यक्तिले नै हस्ताक्षर गरेको निवेदन ।
—    वडा कार्यालयबाट तोकिए बमोजिमको वैवाहिक स्थिती प्रमाणिकरण फोटो टाँस सहितको वडा सिफारिस ।
—    सर्जमिन मुचुल्का नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
—    सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
—    जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी ।

७. व्यक्ति प्रमाणित

— व्यक्तिको नाम अथवा के फरक पर्न गएको  हो सो चिज प्रमाणित गर्ने कागजातहरुको प्रतिलिपि |

—  वडाको सिफारिस

८. थर प्रमाणित

— कुन कुन कागजातमा थर बिग्रिन गएको हो सो प्रमाणित गर्ने कागजातहरु |

— वडाको सिफारिस

९. स्थायी ठेगाना प्रमाणित

— वडाको सिफारिस

 

 

सेवा प्रकारः- प्रधानमन्त्री रोजगार कार्यक्रम २०७५
सेवा समयः- २०७६ बैशाख महिना मसान्त भित्र
जिम्मेवार अधिकारीः- स्वरोजगार विभाग
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय मार्फत खैरहनी नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. बेरोजगार व्यक्तिले आफू स्थायी बसोवास गरेको गाउँपालिका वा नगरपालिकाको वडा कार्यालयमा व्यक्तिगत विवरण सहितको फाराम भरी नाम दर्ता गर्नुपर्ने ।

२. वडा कार्यालयले प्राप्त फारामहरु संकलन गरी रोजगार सेवा केन्द्रमा बुझाउनु पर्ने ।

३. रोजगार सेवा केन्द्रले प्राप्त फारामहरुका आधारमा बेरोजगार व्यक्तिहरुको सूची गाउँ कार्यपलिका वा नगर कार्यपालिकामा निर्णयका लागि पेश गर्नु पर्ने ।

४. निर्णय भएका बेरोजगार व्यक्तिहरुको विवरण रोजगार सेवा केन्द्रले रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरी सूचीकरण गर्नु पर्ने ।

५. रोजगार आयोजनाहरुले आवश्यक श्रमिक रोजगार सेवा केन्द्रमा माग गरी पठाउनु पर्ने ।

६. रोजगार सेवा केन्द्रले माग भए बमोजिमका श्रमिकहरुलाई लाभग्राही परिचयपत्र सहित काम गर्न खटाउने ।

७. श्रमिकले रोजगार सेवा केन्द्रले खटाएको स्थानमा गई काम गर्नु पर्ने ।

८. सम्बन्धित आयोजनाले काम गरेको दिनको पारिश्रमिक श्रमिकको बैंक खातामा भुक्तानी दिने ।

सेवा प्रकारः- अविवाहित प्रमाणित
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रशासन
सेवा दिने कार्यालयः- खैरहनी नगरपालिका
सेवा शुल्कः- नगरसभाले तोके बमोजिम
आवश्यक कागजातहरुः-
  1. बमोजिम निवेदन
  2. वडा कार्यालयबाट तोकिए बमोजिमको बैबाहिक स्तिथि प्रमाणीकरण
  3. सर्जमिन मुचुल्का नागरिकता प्रमाण पत्रको प्रतिलिपि सहित
  4. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  5. जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

 

सेवा प्रकारः- अन्तिम विल भुक्तानी
सेवा समयः- १५ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा + लेखा शाखा
सेवा दिने कार्यालयः- खैरहनी नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • वडा कार्यालयको सिफारीश ।
  • उपभोक्ता समितिको निर्णय ।
  • उपभोक्ता भेलामा योजना सम्पन्न भै योजनाको सार्वजनिक परीक्षण र सम्पुर्ण खर्च सार्वनिक एवं अनुमोदन सम्बन्धी निर्णयहरुको प्रतिलिपी ।
  • सम्बन्धित निकायहरुले प्रमाणित गरेको सार्वजनिक परीक्षण र खर्च सार्वजनिक विवरण फारम । (फारम नगरपालिकाबाट उपलब्ध हुनेछ।)
  • बिल भरपाईहरु ।
  • योजनाको कार्यप्रगति देखिने फोटोहरु ।
  • वडास्तरीय अनुगमन समितिको भुक्तानी सिफारीश पत्र ।
  • नगरस्तरीय अनुगमन समितिको भुक्तानी सिफारीश पत्र ।
  • (माथि उल्लेखित कागजातहरु पेस भए पछी मात्र स्थलगत निरीक्षण गरी प्राविधीक मूल्यङ्कन तयार गरीने छ ।)
  • (नगरपलिकाको अनुगमन समितिले निरीक्षण गरी योजना सम्पन्न भएको प्रतिबेदन दिए पछी मात्र अन्तिम भुक्तानीका लागि सिफारीस गरीनेछ ।)
सेवा प्रकारः- मध्यावधी मूल्याङ्कन (किस्ता रकम ) गरी भुक्तानीका लागि पेश गर्नु पर्ने कागजातहरु
सेवा समयः- २ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा + लेखा शाखा
सेवा दिने कार्यालयः- खैरहनी नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • वडा कार्यालयको सिफारीश ।
  • उपभोक्ता समितिको निर्णय ।
  • सम्पन्न कार्यको बिल भरपाईहरु ।
  • योजनाको कार्यप्रगति देखिने फोटोहरु ।
  • (माथि उल्लेखित कागजातहरु पेस भए पछी मात्र स्थलगत निरीक्षण गरी प्राविधीक मूल्यङ्कन तयार गरीने छ ।)
सेवा प्रकारः- योजनाको म्याद थपका लागी पेशगर्नु पर्ने कागजातहरु
सेवा समयः- ७ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा
सेवा दिने कार्यालयः- खैरहनी नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

कुनै बिशेष र मनासिब कारण बिना योजनाको म्याद थप हुने छैन १. सम्झौतामा उल्लेखीत म्याद सकिनु १ हप्ता अगावै तपसिल बमोजिमका कागजात सहित म्याद थपका लागी नगरपलिकामा निबेदन दिनु पर्ने छ।

  • वडा कार्यालयले योजनाको म्याद थप गर्नु पर्ने कारण समेत खुलाई नगरपलिकालाई गरको योजनाको म्याद थप सम्बन्धी सिफारीश पत्र ।
  • समितिको बैठकबाट योजनाको म्याद थप गर्नु पर्ने कारण समेत खुलाई  गरेको म्याद थप सम्बन्धी निर्णयहरुको प्रतिलिपी ।