खैरहनी नगरपालिकाको संक्षिप्त परिचय

     खैरहनी नगरपालिका प्रदेश नं. ३ अन्तर्गत नारायणी अञ्चल चितवन जिल्लाको सदरमुकाम भरतपुरबाट करिब २२ कि.मि.

पूर्वमा अवस्थित छ | नेपाल सरकारको  २०७१/०१/२५ को निर्णयानुसार चैनपुर, कुमरोज र खैरहनी गरी ३ वटा

गाउँ विकास समिति समावेश भई खैरहनी नगरपालिका बनेको थियो र पछि २०७२/०६/०१ को निर्णय

पछि कठार गाऊँ विकास समिति समेत यस नगरपालिकामा समावेश भई साविकका ४ गाऊँ विकास

समितिहरुको संयुक्त रूप मिलेर खैरहनी नगरपालिका बनेको छ | यस नगरपालिकामा  १३ वटा वडाहरु छन् र

जम्मा ८५.५७ वर्ग कि.मि. क्षेत्रफ़ल रहेको छ | समुन्द्री सतह देखि १९० मि. उचाईमा रहेको यस नगरपालिकामा पुरुष

जनसंख्या जम्मा २६,०७५ र महिला जनसंख्या जम्मा ३०,०१९ गरी कुल जनसंख्या ५६,०९४ रहेको छ भने जम्मा

घरधुरी संख्या १२,३३१ रहेको छ |